बराहक्षेत्रको एक मात्र सप्तकोशी बहुमुखी कलेजका ६ जना विद्यार्थी शिक्षक सेवा आयोगले लिएको परीक्षामा सफल भएका छन्।उक्त कलेजको शिक्षा संकाय अन्तर्गत बि एड अध्ययन गरी शिक्षा सेवा आयोजद्धारा २०८० सालमा संचालित प्रा.वि तहमा पास भएका हुन्।
पास हुनेमा बराहक्षेत्र ७ का पवन कोइराला,बराहक्षेत्र ८ का दिपेन्द्र बराल,युवराज बराल,बराहक्षेत्र ३ का पदम श्रेष्ठ,बराहक्षेत्र ९ की सरिता बि के र बेलका रामपुरकी जेसिका बि के रहेका छन्। उनीहरु शिक्षक सेवा आयोगको प्रा.वि तह तृतीय श्रेणीको परीक्षामा पास भएका हुन्।
अहिले कलेजको समेत प्रशंसा चलिरहेको छ।स्ववियु सप्तकोशी र कलेजको समन्वयमा आयोगका कक्षा समेत संचालन गरेको थियो तर शिक्षक सेवा आयोगसम्बन्धि पनि कक्षा संचालन गर्नु पर्ने रहेछ।जसबाट विद्यार्थीलाई केही सहयोग पुग्न सक्स्वने स्ववियु सभापति चित्रमान राई बताउँछन्।पहिलो त विद्यार्थीको अथक मिहिनेत हो त्यसमा स्कुल कलेज र घरमा राम्रो वातावरण हुन सके सफलता प्राप्त गर्न सक्ने उनको ठम्याइ छ।
पास हुने विद्यार्थीलाई कलेजले सम्मान तथा बधाई समेत प्रदान गरिसकेको छ।


